पानस साकोसमा महिलाहरूलाई चुरा–पोते वितरण गर्दै ‘श्रावण हरियाली’ कार्यक्रम सम्पन्न
पानस साकोसमा महिलाहरूलाई चुरा–पोते वितरण गर्दै ‘श्रावण हरियाली’ कार्यक्रम सम्पन्न
पानस साकोसको महिला उपसमितिको आयोजनामा संस्थाका महिलाहरूलाई श्रावण महिनाको हरियाली र सांस्कृतिक महत्वको उत्साहलाई मध्यनजर गर्दै ‘श्रावण हरियाली’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
साउन महिनाको हरियाली र सांस्कृतिक महत्वलाई जोड्दै आयोजना गरिएको यस विशेष कार्यक्रममा संस्थाका महिला सदस्यहरूलाई लक्षित गरी चुरा, पोते तथा मेहेन्दीको वितरणको शुुरुवात संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष श्री विजेन्द्र पोतेज्यूूबाट गर्नुुभएको थियो ।
यस कार्यक्रममा संस्थाका महिला सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो । जस्मा संस्थाका उत्कृष्ट १७५ जना महिला सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका थिए ।
साउन महिनाको विशेषता र महिलाहरूको सांस्कृतिक पर्वलाई ध्यानमा राख्दै महिला वर्गलाई विशेष प्राथमिकतामा राखी यो कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनहरूमा पनि महिला सशक्तीकरण र कल्याणकारी उद्देश्यसहित यस्तै रचनात्मक तथा प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता संस्थाका अध्यक्षज्यूूबाट व्यक्त गर्नुुभयो
चुरा, पोते र मेहेन्दी ग्रहण गर्दै महिला सदस्यहरूले यस किसिमका कार्यक्रमले आपसी सद्भाव बढाउनुका साथै मौषमीय पर्वको उमङ्गलाई अझ प्रगाढ बनाएकामा खुसी व्यक्त गरेका थिए ।
English
Nepali